+

कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

२०८१ जेठ  ९ गते ६:४६ २०८१ जेठ ९ गते ६:४६
कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

९ जेठ, काठमाडौं । कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोलकाताका कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८, वेंकटेश ऐयरले ५१ रन,  ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे ।

हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

कोलकाताका मिचेल स्टार्कले तीन,  वरुण चक्रवर्तीले दुई विकेट, वैभव अरोरा, हर्षित राना,  आन्द्रे रसेल र सुनिल नरिनले एक/एक विकेट लिए ।

पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर छ ।

हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल आज हुँदैछ भने क्वालिफायर शुक्रबार हुँदैछ ।

आईपीएलको फाइनल खेल आइतबार हुनेछ ।

आईपीएल कोलकाता नाइट राइडर्स सनराइज हैदराबाद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय