+

ब्याङ्लोरद्वारा गुजरातसामु १८१ रनको लक्ष्य, बिराट कोहलीको शतक

२०७३ वैशाख  १२ गते १७:५६ २०७३ वैशाख १२ गते १७:५६
ब्याङ्लोरद्वारा गुजरातसामु १८१ रनको लक्ष्य, बिराट कोहलीको शतक
BIRAT KOHALI
फाइल फोटो

१२ वैशाख, काठमाडाैं । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत अहिले भइरहेको खेलमा रोयल च्यालेन्जर्स ब्याङ्लोरले गुजरात लायन्ससामु १८१ रनको विजयलक्ष्य पेश गरेको छ ।

सौराष्ट्र क्रिकेट एशोसियसनको मैदान राजकोटमा टस जितेर ब्याटिङ रोजेकोब्याङ्लोरले कप्तान बिराट कोहलीको शानदार शतकको सहयोगमा १८० रनको योगफल बनायो ।

स्टार ब्याट्सम्यान कोहलीले ६३ बलमा ११ चौका र १ छक्का हान्दै शतक पूरा गरे । उनले इनिङको अन्तिम बलमा ब्राभोको बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

जारी आइपिएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका कोहलीले पहिलो शतक प्रहार गरेका हुन् भने समग्रमा जारी सिजनको यो दोस्रो शतक हो । यसअघि दिल्ली डेयरडेभिल्सका क्वीन्टन डि कक्ले पहिलो शतक प्रहार गरेका थिए ।

कोहलीका अलावा चौथो नम्बरमा ब्याटिङका लागि आएका केएल राहुलले पनि ५१ रनको अविजित पारी खेले । ओपनिङ ब्याटिङमा आएका सेन वाट्सनले ३ र तेस्रो नम्बरका डि भिल्लियर्सले २० रनमात्र बनाउन सके ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय