१२, वैशाख, काठमाडौं । बेलायतको नम्बर प्रयोग गरी ५ लाख पाउण्डको चिठ्ठा परेको भन्दै ठगी गर्ने ओखलढुंगा दियालेका अशोककुमार थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
उनी डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्तिका केन्द्रीय सदस्य तथा पूर्व माओवादी कम्पनी कमाण्डर रहेको प्रहरीले पुष्टी गरेको छ । ठगी धन्धामा संग्लग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनले पेप्सी मोवाइल ड्र बेलायतबाट ५ लाख पाउण्ड पुरस्कार परेको भनेर पोखराकी एक महिलालाई बेलायतकै नम्बरबाट एसएमएस गरेका थिए । सोही नम्बरबाट पटक पटक एसएमएस गरी पुरस्कार रकम नेपाल पठाउन लाग्ने आवश्यक शुल्क बैंकमार्फत पठाउन भनेका थिए ।
पीडित महिलाले पनि विश्वास गरी उनैको आग्रह अनुसार सुर्यज्योती इन्भेष्टमेन्ट प्रा।लि।को नेपाल एस।बि।आइ बैंक, बौद्ध शाखाको खातामा ७ लाख २५ हजार जम्मा गरेकी थिइन् । पैसा जम्मा गरेपछि सम्मर्कविहीन बनेका उनलाई पीडितको उजुरीका आधारमा गत शुक्रबार पक्राउ गरिएको हो । उनलाई ठगी अपराध अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4