
वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली देशहरुको एकतादेखि डराएको आरोप लगाएका छन् ।
साथै उनले रसियाली राष्ट्रपति पुटिनले पछिल्लो समयमा विकसित हुदै गएको युरोपेली युनियनको एकतालाई कम आँकलन गर्ने गरेको पनि बताएका छन् ।
मङ्गलबार बिहान प्रसारण गर्नेगरी सोमबार सिबिएस न्युजलाई दिएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले सो धारणा राखेका हुन् ।
उनले युरोपमा हालैका दिनमा अप्रवासीसम्बन्धी समस्या उत्पन्न भएको भन्दै यो समस्याका कारण युरोपका देशहरु एकताबद्ध भइ काम गरिरहेका धारणा पनि राखे ।
साथै यसका कारण अमेरिकाले पनि संघर्ष गर्नु परिरहेको भन्दै युरोपको सो समस्याको समाधानका लागि अमेरिका पनि लागिपरेको धारणा राखे ।
राष्ट्रपति ओबामाले युरोपेली देशले हालैका दिनमा गरेका संघर्षका कारण ती देशको आप्रवासी समस्याको समाधानमा विभिन्न विकल्प निकाल्न सकिएको पनि बताए ।
रसियाली राष्ट्रपति पुटिनले युरोपेली राष्ट्रहरुबीचको एकतालाई कम आँकलन गरेर भूल गरेको टिप्पणी पनि सो अन्तरवार्तामा गरेका छन् ।
साथै उनले सो विषयमा गम्भीर हुन र आगामी जुन महिनामा हुन लागेको जनमत संग्रहमा युरोपेली युनियन छोड्ने निर्णय नलिन पनि बेलायतलाई आग्रह गरेका छन् । रासस/एएफपी
प्रतिक्रिया 4