१६ वैशाख, काठमाडौं । भक्तपसरको सीमा क्षेत्र एउटा कम्पनीको नामले स्थापित छ- जडीबुटी । पूर्वनेपाल जाने अधिकांश सवारी साधन रोक्नमात्र नभई बसोबासका लागि पनि उपयुक्त थलो बनेको छ यो ।
तर, कम्पनीकै कारण यो ठाउँको ख्याति जति चुलिँदैछ, त्यसविपरीत कम्पनीको अधोगति पनि त्यही रफ्तारमा भइरहेको आजको कारेाबार दैनिकमा समाचार छ ।
सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले वित्तीय अवस्था बिगि्रएपछि जग्गा बेचर कर्मचारीलाई अपदान वितरण गरेको छ ।
कम्पनीले कोटेश्वरमा रहेको १३ रोपनी १४ आना जग्गा उपत्यका विकास प्राधिकरणलाई ५७ करोड ३२ लाख मा बिक्री गरी कर्मचारीलाई उपदान दिएको छ ।
सरकारी संस्थान र कर्मचारीको काम नगर्ने तर राजनीतिमा लिप्त रहने प्रवृत्तिबाट यो कम्पनी पनि अछुतो छैन ।
जडीबुटी क्षेत्रमा डाबरजस्ता बहुराष्ट्रिय कमपनी र निजी क्षेत्रको ठूलो लगानी भित्रिरहे पनि सरकारी भएकैले यो कम्पनीको प्रतिस्पर्धात्मक क्षमता दिनहुँ खस्कदो छ ।
प्रतिक्रिया 4