१६ वैशाख, काठमाडौं । ताप्लेजुङ सहित पूर्वी पहाडी तीन जिल्लाको नापी कार्यालयका काम अब डिजिटल प्रविधिबाट हुने भएको छ । त्यसका लागि तयारी सुरु गरिएको छ ।
कार्यलयबाट हुने नक्सा प्रिन्ट, जग्गाको कित्ताकाँट र नक्साङ्कन लगायत सबै काम कम्प्यूटर प्रविधिबाट गर्ने तयारी गरिएको हो । जसका लागि ताप्लेजुङ, पाँचथर र धनकुटाका दश जना सर्बेक्षक र अमिनलाई तालिम दिन थालिएको छ ।
भूमि व्यवस्थापन प्रशिक्षक केन्द्र धुलिखेल काभ्रेको सहयोगमा ताप्लेजुङमा भईरहेको तालिममा धनकुटा र पाँचथरबाट दुई/दुई जना र ताप्लेजुङबाट छ जना अमिनि र सर्वेक्षक सहभागी छन् । तालिमपछि सबै जिल्ला नापि कार्यालयमा डिजिटल प्रविधिबाट काम सुरु गरीने भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रं धुलिखेलका नापि अधिकृत तथा प्रशिक्षक शिवजी केसीले बताए ।
तालिममा कम्प्यूटरको सामान्य ज्ञान देखि नेटवर्किङ् सँगै कार्यालयमा हुने सबै किसिमको कामलाई डाटाको रुपमा राख्न सिकाईएको ले डिजिटल प्रविधिबाट काम सुरु भएपछि नागरिकको काम छिटो र भरपर्दो हुने प्रशिक्षक केसीको भनाई छ ।
यस अघि नक्सा पि्रन्ट, नक्साङ्कन लगायतका सबै काम हातले गर्नुपर्दा काम ढिलो र गुणस्तरीय नहुनेगरेको नागरिकको गुनासो छ ।
डिजिटल प्रविधबाट काम सुरु भएपछि क्षेत्रफलमा एकरुपता हुने र भनेको केहि समयमानै नक्सा तयार गरी पि्रन्ट गर्न सकिने भएकाले नापि कार्यालयकको काम विश्वासिलो समेत हुने जिल्ला नापि कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख सहदेव घिमिरेले बताए ।
यस अघि हातलेनै अमिनि र सर्वेक्षकले जग्गाको नक्सा र क्षेत्रफल तयार पार्दा जग्गा सहि ठाउँमा नहुँने र क्षेत्रफल पनि फरक पर्ने हुदा नागरीकले सास्ति बेहोर्दै आएका थिए । सबै काम डिजिटल प्रविधिबाट हुने भएपछि यस्तो समस्या नहुने भुमि व्यवस्थापन प्रशिक्षक केन्द्रका प्रमुख नापि अधिकृत नवराज सुवदीले बताए ।
प्रतिक्रिया 4