+
+

थप ५ नक्कली इन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १६ गते १८:४१

engineer

१६ वैशाख, काठमाडौं । महानगरिय प्रहरी अपराध महाशाखाले चलाएको नक्कली इन्जिनियर विरुद्धको कारबाहीमा थप ५ जना परेका छन् ।

बुधबार ३ जना नक्कली इन्जिनियर र कागज पत्र बनाइदिने २ जना पक्राउ गरेको महाशाखाले थप ५ जना नक्कली इन्जिनियरहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिराहाका मनिषकुमार यादव, सर्लाहीका कृष्ण कुमार झा, सप्तरीका पुष्पराज शर्मा, धनुषाका शेखर पंजियार र काठमाडौं बौद्धका सन्तोष लामा छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु इन्जिनियरीङ पढेका तर, फेल भएकाहरु हुन् । इन्जिनियरिङ पास भएपछि इन्जिनियरिङ परिषदमा दर्ता गराउनु पर्ने हुन्छ ।

तर, पक्राउ परेकाहरुले नक्कली प्रमाणपत्र देखाएर दर्ता गरेको भेटिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?