अब महिलाहरुलाई आफुले लगाएका कपडा खोलेर अर्का कपडा लगाउनका लागि कुनै चेन्जिंग रुम वा वासरुमको आवश्यकता पर्नेछैन ।
उनीहरु अब सबैका अगाडि निर्धक्क भएर कपडा फेर्न सक्नेछन् । जिम होस् वा मार्केट अथवा सपिंग मल, अब जहाँ चाह्यो महिलाहरुले आफ्ना कपडा सार्वजनिक रुपमै बदल्न सक्नेछन् ।
एक नयाँ आविष्कारले महिलाहरुलाई अब जहाँसुकै आफ्ना कपडा बदल्ने स्वतन्त्रता दिँदैछ । तर यसका लागि उनीहरुले जे पायो त्यहीँ कपडा लगाउन भने पाउने छैनन्, एक विशेष खालको पहिरन लगाउनु पर्नेछ । त्यो कपडा लगाएपछि महिलाहरुले जहाँपनि आफ्ना कपडा फुकाल्न पाउनेछन् ।
यो विशेष कपडाले महिलाको जिउ छोपेर राख्नेछ, त्यसैले महिलाहरुले यो कपडाले छोपेर जहाँपनि आफुले लगाएका मुख्य कपडा फुकाल्न सक्नेछन् ।
यो खास पहिरनको नाम नै अनड्रेस हो । यो लामो स्कर्टवाला पहिरनलाई महिलाले आफ्नो जिउमा मुख्य कपडा भित्र लगाउनु पर्नेछ । जसबाट उनीहरुले यसमाथिका सबै कपडा सजिलैसँग फुकाल्न पाउनेछन् र नांगिनु पर्दैन ।
प्रतिक्रिया 4