२१ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसको विकल्प खोज्न थालेको छ ।
महासचिव कृष्णबहादुर महरा वर्तमान सरकारका पूर्णरुपमा असफल भएको ठम्याईसहित विकल्प खोज्न सक्रिय रहेको स्रोतको दाबी छ । उनले सरकारमा सहभागी नभएका केही साना दलका नेतासँग सरकार परिवर्तनका विषयमा छलफलसमेत थालेका नागरिक दैनिकमा समाचार छ ।
एमाले नेतृत्वमा सरकार गठन गर्न एमाओवादीले गरेको आठबुँदे सम्झौता कार्यान्वयननभएको, सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत काम गर्न नसकेको एमाओवादीको निष्कर्ष छ ।
‘हामीले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा सामुहिक छलफल गर्न एक महिनाअगाडि एमालेलाई पत्र पठाएका थियौं,’ एमाओवादी सचिव वर्षमान पुनले नागरिकसँग भने, ‘आजका मितिसम्म एमालेले कुनै जवाफ दिएको छैन ।’
प्रतिक्रिया 4