
२१ वैशाख, काठमाडौं । लागु औषध एमफेटामाइन कारोबारको धन्दा चलाउने नेपालका एजेन्ट नगद ५० लाख रुपैयाँसहित पक्राउ परेका छन् । धादिङ सत्यदेवी घर भएका पूर्ण पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।
एमफेटामाइनको धन्दा चलाउने मुख्य व्यक्ति धर्म पाख्रिन थाइल्याण्डमा छन् । उनी पूर्ण पाख्रिनका दाजु हुन् ।
यसअघि प्रहरीले एमफेटामाइनसहित नेत्र गुरुङ र चित्र तामाङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा पूर्ण पाख्रिन नेपाल प्रमुख भएको पत्ता लागेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ सूचीमा राखेको थियो ।
आफू प्रहरीको पक्राउ सूचीमा रहेको थाहा पाएपछि पूर्णले प्रहरीको खोजी सूचीबाट आफ्नो नाम हटाउन नगद परिचालन गर्ने योजना बनाएका थिए ।
प्रहरीलगायतका बिभिन्न निकायमा रकम खर्च गर्न उनले जम्मा गरेको नगद ५० लाखसहित पक्राउ गरेको प्रहरीका एक अधिकृतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4