२२ वैशाख, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका ७ जिरिखिम्ती बजारमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ ।
स्थानीय दुर्गाबहादुर खड्काको तीन तले घरको माथिल्लो तलामा रहेको भान्साबाट गएराति विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।
आगलागीबाट खड्काको घरमा रहेका सामानहरु जल्दा अन्दाजी तीन लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली मिलेर वारुणयन्त्रको सहयोगमा मध्यरातमा नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4