२२ वैशाख, काठमाडाैं । लक्ष्मी बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ४४ करोड रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो बर्षको सोही अवधिमा आर्जन गरेको भन्दा साढे १८ करोड रूपैयाँले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २५ करोड ४९ लाख नाफा कमाएको थियो ।
बैंकको खुद व्याज अाम्दानी १७ करोड रूपैयाँले बढेपिछ खुद नाफा पनि बढेको हो । ०७१ चैत मसान्तमा ७१ करोड रूपैयाँ व्याज अाम्दानी गरेको बैंकले ०७२ चैत मसान्तमा ८९ करोड रूपैयाँ व्याज अाम्दानी गरेको छ ।
०७२ चैत मसान्तसम्ममा बैंकले ४३ अर्ब ७१ करोड रूपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ६८ करोड रूपैयाँ कजाै प्रबाह गरेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड रूपैयाँ रहेको छ भने रिजर्भ १ अर्ब ७७ करोड रहेको छ ।
लक्ष्मी बैंकको प्रतिकित्ता आम्दानी १९ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५८ रुपैंयाँ २८ पैसा रहेको छ । बैंकको खराब कर्जा एक दशमलब २८ प्रतिशत रहेको छ । बैंकले राइटब्याकबाट ५ करोड ७७ लाख प्राप्त गरेको छ ।
प्रतिक्रिया 4