२६ वैशाख,काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मलेनको खर्चमा अनियमितता गरेको आशंकमा करिब एक सय जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
०७१ मंसिर ११ गते सम्पन्न सार्क सम्मेलन तयारीका लागि विनियोजित रकममा भ्रष्टाचार गरेको आशंकामा अख्तियारले कर्मचारी, राजनीतिक दलका नेता तथा ठेकेदारविरुद्व विशेष अनुसन्धान अघि बढाएको आजको कारोबार दैनिकमा समाचार छ ।
अख्तियारबाट प्राप्त विवरणअनुसार १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नेमा ८ वटा मन्त्रालय छन् । यसमध्ये भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले करिब ७८ करोड रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै गृह, सहरी विकास, परराष्ट्र, रक्षा र स्थानिय विकास मन्त्रालय पनि सार्कका नाममा बढी खर्च गर्ने मन्त्रालय हुन् । परराष्ट्र, सहरी विकास र स्थानीय विकास मन्त्रालयले गरेको खर्चमाथि अख्तियारले विशेष छानविन गरिरहेको छ ।
प्रतिक्रिया 4