२७ वैशाख, काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको बीए र एमएको डिग्रीको कपी पत्रकारहरुलाई बाँडेका छन् ।
भाजपा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा शाहले बताए अनुसार मोदीले दिल्ली विश्वविद्यालयबाट बीए र गुजरात विश्व विद्यालयबाट एमए पास गरेका छन् ।
प्रधानमन्त्री मोदीको डिग्रीलाई लिएर आम आदमी पार्टीका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रश्न उठाएका थिए ।
पत्रकार सम्मेलनमा भाजपा अध्यक्ष शाहले भनेका छन्, केजरीवालले मोदीको डिग्रीलाई लिएर जुन विवाद सुरु गरे, उनले देश र दुनियासँग माफी माग्नुपर्छ ।’
वित्तामन्त्री अरुण जेटलीले केजरीवालको आरोप आधारधीन र राजनीतिको निकै तल्लो स्तरको भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4