३१ वैशाख, काठमाडौं । नेपालबाट विदेशी क्यासिनोमा जुवा खेल्न प्याकेज खरिद गरेर नेपाली बाहिरिन थालेका छन् ।
उनीहरू सिधै सम्बन्धीत क्यासिनोसँग पुहँच बनाएर, क्यासिनो एजेन्टको सम्पर्कमा वा नेपालकै क्यासिनोबाट प्याकेज खरिद गरेर जाने गरेका छन् । अाजको अन्नपूर्णमा समाचार छ ।
यसरी जाने नेपालीको संख्या हरेक वर्ष बढ्दैछ । नेपालबाट क्यासिनो खेल्न बाहिरिनेको संख्या वाषिर्क १५ देखि २० हजार जनासम्म हुने गरेको क्यासिनो व्यवसायीले जानकारी दिएका छन् ।
नेपालबाट जुवा खेल्न सिंगापुर, भातर, मकाउ, श्रीलंका, बंगलादेशलगायतका देशमा नेपाली जाने गरेका छन् । नेपालबाट विदेशी क्यासिनोमा जाने नेपालीलाई उनीहरुकै रुची अनुसारकै गन्तव्यमा पठाउन यहाँकै क्यासिनोले प्याकेज बिक्री गर्छन् । उच्च वर्गका नेपाली र उद्यागी एवं व्यापारी भने सिधै सम्बन्धित देशका क्यासिनोसँग सम्पर्क गरेर जान्छन् ।
पछिल्लो समय विदेशी क्यासिनोका नेपाली एजेन्टमार्फत नै क्यासिनो प्याकेज किन्दै नेपाली बाहिर जान थालेका छन् ।
प्रतिक्रिया 4