+
+

पहिरोका कारण बन्द मुग्लिन सडक खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३१ गते ७:३५

Muglin-Narayangadh३१ वैशाख, चितवन। वर्षासँगै खसेको पहिरोका कारण बन्द रहेको चितवनको नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि सञ्चालनमा आएको छ ।

राती १० बजे उक्त सडकको पाँच किलो, कालीखोला र जलविरेमा पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको थियो । डोजरको सहायतामा पहिरो पन्छाएर आज बिहान २ बजे बाटो खुलेपछि रोकिएका सवारी गन्तव्यतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पानी परेका कारण सो क्षेत्रमा लेदो सहितको पहिरो खसेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा बाटो विस्तारको काम भइरहेकाले सामान्य वर्षा हुने बित्तिकै पहिरोका कारण गाडी सञ्चालनमा अवरोध हुँदै आएको छ । गएको हप्ता पनि यहाँ पहिरो खसेर बाटो बन्द भएको थियो । उक्त सडक अवरोध हुँदा चितवनबाट काठमाडाैं र पोखरा आवतजावत गर्ने सवारी बढी मारमा पर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?