१ जेठ, काठमाडौं । आज टुँडिखेलमा हुने कन्सर्टमा सहभागी हुन शुक्रवार काठमाडाैं आएकी बलिउड नायिका सोनाक्षी सिन्हाले ट्वीट गर्दै नेपाली दर्शकलाई टुँडिखेलमा हुने कन्सर्टमा सहभागी हुन आग्रह गरेकी छिन् ।
श्रीमती सैनिक संघको आयोजनामा आज हुने ‘अमरपन्छी’ नाम दिइएको कार्यक्रममा सहभागी हुन बलिउड नायिका सोनाक्षी र मलाईका अरोरा काठमाडौं आइपुगेका छन् । उनीहरु दुबैको नेपाल आगमन पहिलो हो ।
उक्त कार्यक्रममा नेपाली नायिका पि्रयंका कार्की, रेखा थापा, ऋचा शर्मा, निशा अधिकारी, मोडल सहाना बज्राचार्य र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्ने भएका छन् ।
भूकम्पपीडितको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
हिन्दी चलचित्र ‘दबंग’बाट बलिउडमा प्रवेश गरेकी सोनाक्षी बलिउडमा चर्चामा रहेकी नायिका हुन् भने मलाई आईटम डान्सका लागि चर्चित छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4