+
+

घोराहीको इन्द्रेणी टोल धर्म परिवर्तन मुक्त घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते २०:५४

dharma-priwatanmukta-tol-2
३ जेठ, घोराही । नेपाल मै पहिलोपटक दाङको घोराही नगरपालिका ११ इन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गरिएको छ । सोमवार एक कार्यक्रम आयोजना गरी धर्म परिवर्तनमुक्त टोल घोषणा गरिएको हो ।

हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्यायले ‘धर्म परिवर्तन मुक्त क्षेत्र’ लेखिएको बोर्डको उदघाटन गरे ।  टोलको उत्तर र दक्षिणमा बोर्ड राखिएको छ । इन्द्रेणी टोलमा ६० घर परिवार छन् ।

dharma-priwatanmukta-tol
कार्यक्रममा हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष उपाध्यायले धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्ने कार्य नेपालमा पहिलो भएको बताए । साथै यसलाई निरन्तरता दिनुपर्ने उनले धारणा राखे ।

हिन्दु धर्म बचेमात्र देश बच्ने भन्दै उनले धर्मको रक्षामा लाग्न सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?