३ जेठ, घोराही । नेपाल मै पहिलोपटक दाङको घोराही नगरपालिका ११ इन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गरिएको छ । सोमवार एक कार्यक्रम आयोजना गरी धर्म परिवर्तनमुक्त टोल घोषणा गरिएको हो ।
हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्यायले ‘धर्म परिवर्तन मुक्त क्षेत्र’ लेखिएको बोर्डको उदघाटन गरे । टोलको उत्तर र दक्षिणमा बोर्ड राखिएको छ । इन्द्रेणी टोलमा ६० घर परिवार छन् ।
कार्यक्रममा हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष उपाध्यायले धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्ने कार्य नेपालमा पहिलो भएको बताए । साथै यसलाई निरन्तरता दिनुपर्ने उनले धारणा राखे ।
हिन्दु धर्म बचेमात्र देश बच्ने भन्दै उनले धर्मको रक्षामा लाग्न सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4