६ जेठ, पाँचथर । पाँचथरको एकतिनबाट फिदिमतर्फ गोलिया बोकेर आउँदै गरेको मालबाहक ट्रक आज बिहान एकतिन–२ स्थित पञ्चमुखी छेउमा दुर्घटना हुँदा छजना घाइते भएका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते पाँचथर इम्बुङ–८ बस्ने २६ वर्षीय शङ्कर कटुवाल र सोही ठाउँ बस्ने ३० वर्षीय डिल्लीराम बानियाँको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटल, बिर्तामोडमा लगिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।
दुर्घटनामा घाइते पाँचथर भारपा–२ बस्ने ३१ वर्षीय होम बुढाथोकी, २४ वर्षीय टीकाराम बुढाथोकी, चालक ताप्लेजुङ थेचम्बु बस्ने राजु तिवारी, सहयोगी चालक भारपा–४ बस्ने १९ वर्षीय मनोज तिवारीको भने जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
गोलिया लिएर फिदिम आउने क्रममा मे १ ख १८६६ नंको ट्रक अचानक सडकबाट खसेको थियो ।
प्रतिक्रिया 4