+
+

लमजुङ तामाखानी बस दुर्घटनामा मृतकको संख्या ११ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ७ गते ९:१०

७ जेठ, लमजुङ । बिहीबार पश्चिम लमजुङमा भएको यात्रुवहाक बस दुर्घट्ना मृत्यु हुनेको ११ पुगेको छ । ९ जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा लैजाँदै गर्दा  ज्यान गएको प्रहरीले जनाएको छ ।

accidentविहिबार साँझ तनहुँको सदरमुका दमौलीबाट  लमजुङको जिताकोट तर्फ जाँदै गरेको ना ६ ख ४१३६ नम्वरको बस दुर्घटना भएको थियो ।

मध्यनेपाल नगरपालिका वडा नम्वर ५, अन्तर्गत टक्सार तामाखानीको भीरमा बस दुर्घटना भएको हो । दुर्घट्नामा परि ज्यान गएकाहरु हाल मध्यनेपाल १ -पहिलाको जिता गाविस) जिताकोटका रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार मध्यनेपाल १, जिताकोट का रमा गुरुङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरवहादुर खवास, गणेश गुरुङ, मिनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा रहेका छन् भने उपचारमा लैजाँदै गर्दा जया खबास र सागर थापाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ७ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि दमौली, पोखरा लगिएको छ ।  बस दुर्घटना पछि जिताकोट गाँउ शोकमय भएको छ । एउटै गाउँका एघार जनाको ज्यान गएपछि गाउँ शोकमा डुवेको हो ।

 तान्द्राङ टक्सार र जिता गाविसको सिमाना स्थित साल्मेडाँडाबाट बस दुर्घटना भएको थियो । बस सडकबाट तीनसय मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?