+
+

गहना किन्ने हो ? जेम्स एण्ड ज्वेलरी एक्स्पोमा जानोस्

२० लाखसम्म पर्ने गहना प्रदर्शन

 कबिन अधिकारी कबिन अधिकारी
२०७३ जेठ ८ गते १०:४६

Gold expo (18)८ जेठ, काठमाडौं । राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा जेम्स एण्ड ज्वेलरी एक्स्पो चलिरहेको छ । एक्स्पोमा गहनाका पारखीहरुको भिडभाड लागेको छ ।

एक्स्पोमा न्यूनतम ८/१० हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्मका गहनाहरु प्रर्दशनीमा राखिएको छ । एक्स्पोमा गहनामात्र होइन, सुनचाँदीको टोपी, सुन लेपन गरिएको घडी लगायतका वस्तुहरु पनि रहेका छन् । जसले अवलोकनकर्ताको ध्यान खिच्न सफल भएका छन् ।

Gold expo (1)एक्स्पोमा सुन, चाँदी, बहुमुल्य पत्थरबाट बनेका गरगहना प्रर्दशनीमा राखिएको छ । प्रर्दशनीमा राखिएको आधा किलो सुनको टोपीमा सर्वाधिक आकर्षण देखियो । सर्वोत्ममुखी सुनचाँदी गहना उद्योगको स्टलमा सुनको टोपीमात्र होइन, सुनको ठूलो जन्तर र चन्द्रमा पनि राखिएको छ ।

स्टलकर्ताका अनुसार टोपीको मूल्य २० लाख रुपैयाँ रहेको छ । मुलुककै अहिलेसम्मकै ठूलो दाबी गरिएको सुनको जन्तरको मूल्य साढे ७ लाख र चन्द्रमाको १५ लाख रुपैयाँ रहेको छ ।

Gold expo (16)यसैगरी राडोले सुन लेपन गरेका घडीहरु प्रर्दशनीमा राखेको छ । सुन लेपन गरिएका घडी एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म पर्ने स्टलकर्ताले जानकारी दिइन् ।

एक्स्पोमा राखिएका आकर्षक डिजाइनका गहनाले अवलोकनकर्ताको ध्यान खिचिरिहेका छन् । नेपालमा पनि आकर्षक गहना बन्छन् भन्ने सन्देश प्रर्दशनीले दिन सफल भएको छ ।

Gold expo (11)६० वटा स्टल रहेको एक्स्पोमा बहुमुल्य पत्थरका गहनाहरु पनि  प्रर्दशनीमा राखिएको छ । यी गहनाहरुले पनि ग्राहकको ध्यान खिचिरहेका छन् । खासगरी उच्च तथा मध्यम वर्गका परिवारलाई एक्स्पोले तानेको छ ।

Gold expo (23) Gold expo (21) Gold expo (17) Gold expo (10) Gold expo (9) Gold expo (8) Gold expo (7) Gold expo (6) Gold expo (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?