१० जेठ, काठमाडौं । कप्तान विराट कोहलीको अर्धशतकको मदतमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेडरडेभिल्समाथि ६ विकेटको जित हात पारेको छ । र, आईपीएलको प्ले अफका लागि छनोट भएको छ ।
शीर्ष चारमा पर्न सोमबार राति समूह चरणको अन्तिम खेलमा बैंग्लोर र दिल्लीका लागि जित्नै पर्ने दबाव थियो ।
पहिले ब्याटिङ गरेको दिल्लीले खराब खेल्यो र २० ओभरमा ८ विकेट गुमाएर मात्र १३८ रन बनाउन सक्यो । उसका लागि क्विन्टन डिककले ६० रन बनाए पनि अन्य कुनै ब्याट्सम्यान चल्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा योजबेन्द्र चावलले ३ विकेट लिए भने क्रिस गेलले दुई विकेट हात पारे ।
जवाफमा बैंग्लोरले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको सुरुवात भने राम्रो थिएन । क्रिस गेल मात्र १ रनमा आउट भए भने एबी डिभिलियर्स पनि ६ रनमै पभेलियन फर्किए । १७ रन जोड्दा दुई भरपर्दा ब्याट्सम्यान गुमाएको बैंग्लोरको पारी कप्तान कोहलीले सम्हाले ।
उनी ५४ रनमा अविजित रहे । लोकेश राहुलले ३८ रनको महत्वपूर्ण पारी खेले । शेन वाट्सनले १४ रन बनाए भने स्टुआर्ड विन्नी १६ रनमा अविजित रहे ।
प्रतिक्रिया 4