+
+

पूर्णिमा विकास बैंक नवौँ वर्षमा प्रवेश

सलमान खान सलमान खान
२०७३ जेठ ११ गते १८:३८

११ जेठ, भैरहवा । रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको पूणिर्मा विकास बैंक नवौँ बर्षमा प्रवेश गरेको छ । बैंकको बाषिर्क उत्सवको अवसरमा बैंकले सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न सामाजिक कार्यक्रम गरेको बैंकका अध्यक्ष राजु नारायण श्रेष्ठले बताए ।

purnima-bikas-bankअधिकृत पुँजी ५० करोड रहेको बैंकको जारी पुँजी ३० करोड २५ लाख ६३ हजार रुपैयाँ रहेकोमा हालसम्म चुक्ता पुँजी २० करोड १७ लाख ८ हजार रुपैयाँ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले बताए ।

उनले बैंकले छिटै २ दशमलव १ अनुपातमा हकप्रद सेयर जारी गर्ने र त्यसपछी चुक्ता पुँजी ३० करोड २५ लाख ६३ हजार पुग्ने बताए ।
बैशाख मसान्तसम्म बैंकले  ६ करोड ९८ लाख ६४ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ भने मोबाईल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहक १० हजार रहेका छन् ।

वि.स २०६५ सालमा स्थापना भई बैंकिंग कारोबार सुरुवात गरेको बैंकले भैरहवाको केन्दि्रय कार्यालय सहित रुपन्देहीकै भलवारी, ड्राईभर टोल, बुटवल, सुर्यपुरा, धकधई ,नवलपरासीको रामग्राम र चितवनको नारायणघाटमा शाखा कार्यालय मार्फत ४० हजार ग्राहकले बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?