नेपाली चलचित्र क्षेत्रमा सुन्दरी नायिका भन्ने वित्तिकै करिश्मा मानन्धरको नाम अगाडि आउँछ । चलचित्रमा क्षेत्रमा उनीपछि थुप्रै नायिका आएपनि सुन्दरताको कुरामा सबै पछाडि परे । ४० बर्ष कटिसक्दा पनि करिश्माको फिटनेश उस्तै छ ।
यसका लागि उनले कम्ता दुःख गरेकी छैनन् । करिश्मा अहिले ६० केजीकी छिन् । भर्खरै आएका नायिकाहरुले पनि यस्तो मेन्टेन कमै मात्र गर्न सक्छन् ।
करिश्मा अहिले जीम गइरहेकी छिन् । जीममा उनले मसल बनाउने तयारी गरेकी छिन् । शरीर फिट राख्न माहिर मानिने यी सुन्दरीले अब पाखुरा र थाइको मसल कसिलो बनाउन लागिपरेको बताइन् ।
निर्देशक समेत बन्ने दौडमा लागेकी करिश्मा छोरीलाई नायिका बनाउने तयारीमा छिन् । अमेरिकाबाट फर्किएपछि करिश्माको अभिनयको करिज्मा नचलेपनि उनको सुन्दरताको करिश्मा भने चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4