+
+

नेविसंघलाई देउवाको सुझाव- मलाई आक्षेप लगाएर केही हुँदैन, युवालाई आकर्षण गर्नुस्

'नेविसंघको महाधिवेशन अब रोकिनेवाला छैन'

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १८ गते १३:३९

Sher Bahadur Deuba१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा नेविसंघको महाधिवेशन हुने बताएका छन् । समयमा नै अधिवेशन नहुदा ५० वर्षका ब्यक्तिहरु पनि नेविसंघमै रहनुपर्ने अवस्था रहेको भन्दै उनले अब महाधिवेशन नरोकिने बताए ।

नेविसंघको ११ औं महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका निम्ति आयोजित उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम उदघाटन समारोहलाई आइतबार राजधानीमा सम्बोधन गर्दै देउवाले भने, ‘अब कुनै पनि हालतमा नेविसंघको महाधिवेशन रोकिनेवाला छैन ।’

देशको जिम्मेवारी नेविसंघमा आएको बताउँदै उनले सबै क्याम्पसलाई नेविसंघमय बनाउन निर्देशन पनि दिए । पार्टी नेतृत्वलाई आक्षेप लगाउनुभन्दा युवापुस्तामा नेविसंघप्रति आकर्षण बढाउनेतर्फ लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

‘म त तीनपटक प्रधानमन्त्री भइसकें अब जतिसुकै आक्षेप लगाउनुस् केही हुनेवाला छैन,’ नेविसंघका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस सभापति देउवाले भने, ‘तपाईंहरुको टाउकोमा आइसक्यो देश । सबै क्याम्पसलाई नेविसंघै नेविसंघ बनाउनुस् । बढीभन्दा बढी नयाँ पुस्तालाई आकर्षण गर्नुस् ।’

नेविसंघले काठमाडौं उपत्यकाबाट सुरु गरेको प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा हुनेछ । उपत्यकाका नेविसंघ कार्यकर्ताहरुको बन्द प्रशिक्षण बुधबार बिहान ललितपुरको एक पार्टी प्यालेसमा हुनेछ । त्यहाँ डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाललगायत नेताहरुले प्रशिक्षण दिनेछन् ।

यसैगरी २२ र २३ गते चार नम्बर प्रदेशको प्रशिक्षण नवलपरासीमा हुने नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । असार १५ गतेभित्र प्रशिक्षण कार्यक्रम सक्ने लक्ष्य नेविसंघले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?