२६ जेठ, चितवन । पहिरोका कारण अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
गएराति १२ बजे वर्षासँगै खसेको पहिरोका कारण सडक अबरुद्ध भएको थियो ।
बुधबार बिहान ३ बजेदेखि एकतर्फी र केहिबेर अगाडिबाट दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्त कुँवरले जानकारी दिए ।
चण्डिभञ्याङ-६ कालीखोला नजिक खसेको पहिरो डोजरको सहयोगमा पन्छाएपछि गाडीहरु गन्तव्यतर्फ हिँडेको उनले बताए ।
नारायणगढ-मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि पहिरो गएर सडक अवरुद्ध हुने गरेको छ । जसकारण सर्वसाधारणहरु सास्ती खेप्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4