२७ जेठ, रौतहट । नेकपा माओवादी विप्लव समूहले आहृवानगरेको नेपाल बन्दका बेला सवारी चलाएको भन्दै रौतहटमा बन्दकर्ताले गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् ।
चन्द्रपुर नगरपालिका स्थित चाँदी लच्कामा सिरहाबाट आँप लिएर काठमाण्डौ तर्फ जाँदै गरेको ना ६ ख ४६१५ नम्बरको ट्रकमा बिहान ५.३० बजे पेट्रोल बम प्रहार भएको हो ।
बम प्रहारबाट ट्रकका सहचालक ढल्केवर ४ का ३० बर्षीय बसन्त मगर गम्भीर घाइते भएका छन् । बन्दकर्ताले प्रहार गरेको सो बम मगरको मुखमै लागेको थियो ।
यसै गरी ट्रकका चालक चन्द्रपुर १२ सन्तपुरका बलराम भण्डारी सामान्य घाइते भएका छन् ।
घाइते दुवैजनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । बन्दका कारण पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडकखण्डमा गाडी गुडेका छैनन् भने गौर चन्द्रनिगाहपुर ४२ किलोमिटर सडकमा पनि सार्वजनिक यातायातका साधन चलेका छैनन ।
प्रतिक्रिया 4