३१ जेठ, बैतडी। बैतडीमा १८ जना निर्दोष बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनु परेको छ ।
सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् । एचआइभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय ग्रामीण विकास समाजले प्रतिमहिना एक हजारका दरले सामाजिक सुरक्षा अनुदान दिँदैआएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सजिलो होस् भन्ने हेतुले सामाजिक सुरक्षा अनुदान दिइरहेको बहुउद्देश्यीय ग्रामीण विकास समाजका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताए।
जिल्लाका १८ एचआइभी सङ्क्रमित बालबालिकामध्ये १४ जनालाई सामाजिक सुरक्षा अनुदान प्रदान गरिएको छ । उनले भने, “दुई जनाको परिवारले अनुदान लिन मानेका छैनन् ।” एचआइभी सङ्क्रमित बालबालिकाको उपचारका लागि पनि संस्थाले सहयोग गरिरहेको उनले बताए। अहिले पनि एचआइभी सङ्क्रमित बालबालिकालाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ ।
रासस
प्रतिक्रिया 4