३२ जेठ, काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा केही समयअघि सञ्चालनमा आएको बिजी मलमा मोबाइल एक्स्पो आयोजना हुने भएको छ । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित बिजी मलले यहि असार १ गतेदेखि ११ गतेसम्म बिजी मल मोबाइल एक्स्पोको आयोजना गर्न लागेको हो ।
एक्स्पो अवधिमा ग्राहले बिजी मलका सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहकमध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् ।
यसैगरि १० हजार रुपैंयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहकमध्ये २ जनाले नगद फिर्ता पाउने बताइएको छ ।
एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष उपहार पाउने मलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सबै ब्राण्डका मोबाइल एकै छाना मुनी किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिने बताइएको छ ।
एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा टि्रपको उपहार पाउने मलले जनाएको छ । एक्स्पो अवधिभर उपहार प्राप्त गर्ने सबै ग्राहकहरुको नाम बीजी मलको फेसबुक पेजमा राखिने बीजी मलले जनाएको छ ।
प्रतिक्रिया 4