+
+

राप्रपा नेपालले चार प्रदेशमा संयोजक तोक्यो

एक महिने प्रशिक्षण अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १८:२९

३२ जेठ, काठमाडौं । राप्रपा नेपालले पार्टीको प्रदेश संरचना बनाउने निर्णय गर्दै चार प्रदेशमा संयोजक तोकेको छ ।

RPP-Nepalमंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश नम्बर १ मा राजेन्द्र लिङ्देन, २ मा राजिव पराजुली, ३ मा टंक ढकाल र ५ नम्बर प्रदेशमा धवलसमशेर राणालाई संयोजक तोकेको हो ।

बाँकी तीन प्रदेशमा पछि संयोजक तोकिने राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । ‘उपयुक्त व्यक्तिलाई उपयुक्त समयमा जिम्मेवारी दिन्छौं,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

कार्यसम्पादन समिति बैठकले एक महिने प्रशिक्षण चलाउने निर्णय पनि गरेको छ । असार २३ गतदेखि साउन २३ गतेसम्म प्रशिक्षण चलाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

पार्टीको जिल्ला अधिवेशन जेठ मसान्तभित्र गरिसक्ने पूर्व निर्णयअनुसार अधिवेशन हुन नसकेका जिल्लाहरूको अधिवेशन असार मसान्तसम्म थप गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?