+
+

लस एन्जेलसमा नेपाल र नेपालीको लागि प्रतिष्ठानको स्थापना

विजय थापा विजय थापा
२०७३ असार ८ गते ९:२३

ganesh tirtha karki 3वाशिंगटन डिसी । जुन २१ ,लामो समय देखि अमेरिकाको क्यालिफोर्निया बस्दै आएकी सामाजिक कार्यकर्ता तथा समाज सेवी उमा थापा कार्की तथा उनका परिवारको पहलमा नेपाल र नेपालीहरुको लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने लक्ष्यले गणेश तिर्थ कार्की फाउण्डेसनको स्थापना गरिएको छ  ।

कार्की परिवारकि स्व. माता ,तिर्थ के.सि. कार्कीको सम्झना तथा जीवित पिता गणेश बहादुर कार्कीको नाममा करिब दुई लाख पचास हजार नेपाली रुपैया बराबरको अक्षय कोष राखी प्रतिष्ठानको स्थापना गरिएको हो ।

उक्त गणेश तिर्थ कार्की फाउण्डेसनमा ,स्वयम् पिता गणेश बहादुर कार्की संरक्षक , उमा कार्की थापा अध्यक्ष, इन्दिरा कार्की-सचिव, कोषाध्यक्ष ,ईश्वरी कार्की, सदस्य सचिव-उर्मिला कार्की, प्रमुख निर्देशक यम बहादुर थापा, जन सम्पर्क निर्देशक फ्र्यांक क्यारियन तथा सदस्यहरूमा दिभ्ना थापा, अनुष्का कार्की र प्रभात ठकुरी रहेका छन्  ।

अध्यक्ष उमा कार्की थापाले प्रतिष्ठानको लक्ष्य तथा भावी कार्ययोजना बारे प्रकाश पार्दै आफ्नो स्वर्गीय माता तिर्थको चाहना अनुसार अमेरिका र नेपालमा सामाजिक सेवा गर्ने उदेश्यले प्रतिष्ठानको स्थापना गरिएको बताइन ।

उक्त कार्यक्रममा क्यालिफोर्निया क्षेत्रका अवैतनिक महाबाणिज्यदुत ऋषि ढकाल, समाजसेवी बेदभक्त जोशी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हेमराज भट्ट, नेपाल अमेरिका एकता समाजको अध्यक्ष सूर्य प्रसाईं, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएञ्जलस शाखाका अध्यक्ष शान्तिराम ढकाल, एफ वान ग्रुपका अध्यक्ष विश्व सुबेदी ,नेपाल अमेरिका पत्रकार सङ्घ-नेजाका सचिव अग्नि चौलागाई लगायतले शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा स्थानीय बिभिन्न सङ्घ-संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन संचार कर्मी डोल्मा लामाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?