१७ असार, काठमाडौं । पूर्वविशिष्ट पदाधिकारीहरुको सेवा सुविधाबारे छलफल गर्न शुक्रबार बिहान बोलाइएको सुशासन तथा अनुगमन समितिको बैठक स्थगित भएको छ । समितिका सदस्यहरुको उपस्थिति न्यून भएका कारण आवश्यक कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।
सुशासन तथा अनुगमन समितिअन्तर्गतको उपसमितिले पदाधिकारीहरुले ठूलो आकारमा सुविधा लिएको र त्यसले राज्यकोषको दुरुपयोग भएको प्रतिवेदन यस अघि बुझाएको थियो ।
उपसमितिले पूर्वविष्टिलाई दिने सुविधालाई कानुन बनाएर लागूपर्ने सहितका सुझाव रहको प्रतिवेदन समितिलाई बुझाएको थियो । यिनै विषयमा छलफलका लागि बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको थियो । तर, सदस्यहरु नै उपस्थित नभएका कारण बैठक स्थगित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4