२२ असार, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रतिबन्धित ९९ बोतल कोरेक्ससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलमा लुकाई छिपाई भारतबाट नेपाल ल्याउँदै गरेको कोरेक्ससहित अन्दाजी ४२ वर्षीय अस्पाक अहमद हलवाईलाई सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले पक्राउ गरेको हो ।
पक्राउ परेका हलवाई दाङको कोइलाबास गाविस-२ का हुन् । सशस्त्र प्रहरी नायव निरीक्षक तुलबहादुर बेलबासे नेतृत्वको टोलीलाई हलवाईलाई मंगलबार साँझ करिब साढे ६ बजे कृष्णनगर नगरपालिका-३ लिंक गेटबाट पक्राउ गरेको हो ।
हलुवाईको साथबाट एक सय मिलिलिटरका ९९ बोतल कोरेक्स र रा २ प ४९७५ नम्बरको टिभिएस अपाचे मोटरसाइकल बरामद भएको भन्सार सुरक्षा गुल्मले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4