+

मेस्सीले स्पेन छाड्ने डर

२०७३ असार  २५ गते १५:५० २०७३ असार २५ गते १५:५०
मेस्सीले स्पेन छाड्ने डर

Javier-Tebas

२५ असार, काठमाडौं । स्पेनिस फुटबल लिगका अध्यक्षले आफूलाई बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले स्पेन छाड्ने डर लागेको बताएका छन् ।

कर छलीको आरोपमा बार्सिलोनाको एक अदालतले हालै मात्र मेस्सी र उनका पिता जोर्जलाई २१ महिना जेल सजाय सुनाएको छ । र, लगतै मेस्सीका पिताले इंग्लिस क्लब चेल्सीका मालिकलाई भेटेको समाचार सार्वजनिक भएको छ ।

स्पेनिस लिगका अध्यक्ष हेवियर टेबसको भनेका छन्, ‘ मलाई मेस्सीले (स्पेन) छाड्ने डर छ । तर, ला लिगाको तर्फबाट भन्न चाहन्छु कि उनी दोषी छैनन् र उनीसँग हामी खुसी छौं ।’

अदालतको फैसलाविरुद्ध मेस्सीले अपील गर्ने उनका वकिलले बताएका छन् । र, स्पेनमा यदि कुनै अपराधिक मुद्धामा दोषी ठहर नभएको भए २ वर्षभन्दा कम सजाय भए जेल जानु नपर्ने व्यवस्था छ । र, मेस्सी जेल जानु नपर्ने देखिन्छ ।

टेबसले फैसलाका क्रममा प्रक्रिया पालना नभएको भन्दै भनेका छन्, मलाई लाग्दैन कि मेस्सी अपराधी हुन् । उनी वित्त वर्ष संरचनामा भएको परिवर्तनको शिकार भएका हुन् ।’

मेस्सीले ६१ मिलियनभन्दा बढी युरो स्पेनमा तिरेको र, त्यो अस्पताल र रोड बनाउन खर्च भएको उनले बताए ।

स्पेनिस लिगका अध्यक्ष हेवियर टेबसले बार्सिलोना र अर्जेन्टिनी स्टारविरुद्ध सुनियोजित संयन्त्र भएको दाबी अस्वीकार गरे । आफूले मेस्सी र बार्सिलोनालाई लक्षित नगरेको भन्दै उनले विश्वकै खेलकुद छानविनमा रहेको बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय