+
+

युरोको टिम अफ दि टुर्नामेन्टमा बेल परेनन्

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते ८:१५

bale२८ असार, काठमाडौं । युरो २०१६ को टिम अफ दि टुर्नामेन्ट सार्वजनिक भएको छ । तर, वेल्सलाई ऐतिहासिक रुपमा सेमिफाइनलसम्म पुर्‍याउने ग्यारेथ बेल भने पर्न सकेनन् ।

यूईएफएले सार्वजनिक गरेको युरो टिम अफ दि टुर्नामेन्टमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र फ्रान्सका दिमित्री पयेट भने परेका छन् ।

यस्तै फ्रान्सका स्टार एन्टोनी ग्रिजम्यान र वेल्समा आरोन राम्सी पनि छन् । टिम अफ दि टुर्नामेन्टमा पर्ने जोए एलन अर्का वेल्स खेलाडी हुन् ।

जर्मनीका टोनी क्रुज, बोटेङ र किमिच छन् । पोर्चुगलका गोलकिपर प्याट्रिसिओ, पेपे र गिरेरो पनि युरो २०१६ को टिम अफ दि टुर्नामेन्टमा परे ।

euro team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?