+
+

औषधि व्यवसायलाई घृणित बनाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २९ गते १९:२०

२९ असार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप लगाएको छ ।

ausadhi-byabasayi-sanghवाणिज्य विभाग, आपूर्ति व्यवस्थापन विभाग लगायत अन्य सरकारी निकायहरुले अनुगमनका नाममा संकटमा गुजि्ररहेका व्यवसायीलाई थप निरुत्साहित बनाएको संघको आरोप छ ।

अनुगमनका नाममा स्वास्थ्य जस्तो संबेदनशील व्यवसायमा रहेका व्यवसायीमाथी इज्जत तथा प्रतिष्ठामा समेत आँच पुग्ने गरी र व्यवसायीलाई आतंकित बनाउने र पेसा तथा व्यवसायलाई घृणित बनाउने गरी भइरहेको अनुगमन स्वीकार्न सकिँदैन’ अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

संघले औषधि व्यवसायमा तत्काल अनुगमनको आतंक बन्द गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?