+
+

एटीएम कार्डबाटै अनलाइन पेमेण्ट

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते ५:५९

२ साउन, काठमाडौं । तपाईंसँग एससीटी नेटवर्कको एटीएम कार्ड छ ? यदि छ भने ढुक्क हुनुहोस्, अब तपाईंले अनलाइन पेमेण्टका लागि कुनै कठिनाइ बेहोर्नुपेर्ने छैन ।

ATM-cardएटीएम कार्डको प्रयोग एटीएम मेशिनका अलावा मोबाइल र कम्प्युटरमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
हो, तपाईंसँग एससीटी नेटवर्कको एटिएम कार्ड छ भने अनलाइनमार्फत बस्तु तथा सेवा खरीदबापत सजिलै भुक्तानी गर्न सक्नुहुन्छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

अनलाइन सपिङ अर्थात इन्टरनेटमार्फत बस्तु तथा सेवा खरीदविक्री गर्न चाहनेहरुका लागि गतिलो पेमेन्ट गेटवेको अभाव खट्किदै आएको छ । तर, यसको सजिलो र भरपर्दो विकल्पका रुपमा स्वदेशी एटीएम नेटवर्कले सेवा दिन सुरु गरिसकेको छ ।

हाल मुलुकभर सयौं अनलाइन साइट सञ्चालनमा छन्, जसले अनलाइनमार्फत भुक्तानी सुविधा खुला गरेका छन् ।
अनलाइन पेमेन्टका लागि एटीएक कार्ड हुनु आवश्यक छ । यसमार्फत सम्बन्धित बैंक खातामा भएको रकम सोझै अनलाइनमार्फत खर्च गर्ने सुविधा पाउन सकिन्छ ।

हाल विभिन्न ६५ बैंक तथा वित्तीय संस्थाले एटीएम कार्ड वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?