३ साउन,गुल्मी । लगातारको बर्षाले गुल्मीका खोलाहरुमा पानीको सतह बढेपछि छेउछाउका बस्तीहरु जोखिममा परेका छन्। लगातार ३/४ दिनदेखि परेको बर्षाले जिल्लाका दुई ठूला नदी तथा अन्य खोलाहरुमा पानीको सहत बढेपछि बस्तीहरु जोखिममा परेका हुन्।
बडिगाढ खोलामा अाएको वाढीका कारण उर्लीखोला बजारको जोहाङ्ग २ र बम्घा गाविसको ५ का २ बस्तीहरु यतिबेला जोखिममा परेका छन् ।
खोलामा पानीको सतह बढीरहेकाले उक्त स्थानका करिव ६० घरधुरीहरुहरु उच्च जोखिममा परेको स्थानीय बिष्णु भण्डारीले जानकारी दिए ।
‘२ दिनदेखि हामीहरु रातिमा जाग्राम बस्न थालेका छौ भण्डारीले भने बाढी बढेसँगै खोलाले बस्ति जोखिममा परेको छ ।” स्थानीयवासीहरु खोला बजारमा पस्ने डरले सामानहरू घरबाट सुरक्षितस्थानमा सारिरहेका छन् ।
जिल्ला प्रशासन कार्यलय गुल्मीले पनि खोलामा पानीको सतह बढीरहेकाले खोला छेउछाउका स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेकेा छ ।
प्रतिक्रिया 4