+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

२ महिनामा बाढी-पहिरोसहितका विपदमा परेर १९० को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १७:४७

३ भदौ, काठमाडौं । दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्‍मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

देशभर २३८ जना घाइते छन् । उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले विपद्का कारण जोखिममा परेका ११४ जनाको उद्दार समेत गरेको छ । बाढी पहिरोमा परेर देशभर ४९ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

८ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएको प्रहरीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?