+
+

प्रचण्डलाई नयाँशक्तिको शुभकामनाः राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते १३:००

२० साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाइ दिएको छ । साथै प्रचण्डको कार्यकालको सफलताको कामनासमेत नयाँशक्तिले गरेको छ ।

Baburam Bhattarai (1)नयाँशक्ति नेपालका तर्फबाट प्रवक्ता खिमलाल देवकोटाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संसदीय प्रणालीको नियमितजस्तै बनेको सरकार बन्ने, भत्कने र फेरि नयाँ बन्ने प्रक्रियामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुन: प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । राज्यको सर्वोच्च कार्यकारी प्रमुखका रुपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्दछौं । ‘

प्रचण्डलार्इ भूकम्पपछिको पुनर्निर्माण गर्न, बढ्दो महंगी नियन्त्रण गर्न,भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, तराई मधेशको आन्दोलनको समाधान गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न समेत सफलता मिलोस् भन्ने कामनासमेत देवकोटाले गरेका छन् ।

संविधानको कार्यान्वयन, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, महंगी,भ्रष्टाचार, कालाबजारी, तस्करी र अराजकताबाट जनताले मुक्ति खोजेको बताउँदै नयाँशक्ति नेपालको विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै केही समययता अन्तराष्ट्रिय सम्बन्धमा देखा परेको तिक्तताको समाधान गरी सन्तुलित परराट्र सम्बन्ध कायम गर्नुपर्ने जस्ता चुनौतीहरु वर्तमान सरकारका सामु खडा छन् ।’

यो सरकारले मुख्यतः तराई मधेस र थारुवान क्षेत्रका जनताका साथै आदिवासी जनजाति, मुस्लिम, दलित समुदायको समेत मागहरु संविधानको संशोधनमार्फत पूरा गर्नुपर्ने नयाँ शक्तिको माग छ । साथै  यही अवसरमा अस्थिरताको मुख्य कारक बनेको असफल संसदीय व्यवस्थाको सट्टामा स्थायित्व र विकासका लागि पूर्णसमानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्नु उपयुक्त हुने नयाँ शक्ति नेपालले प्रचण्डलार्इ सुझावसमेत दिएको छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण कार्यक्रममा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?