२४ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जयजयकार गर्नेहरुबाट सतर्क रहन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।
संसदमा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिने क्रममा राजमो अध्यक्ष केसीले आफूहरुले त राम्रो काम गर्दा प्रशंशा गर्ने गरेको बताए ।
उनले भने, ‘संविधान बनाउने बेला कमरेड प्रचण्डले जुन हिम्मत देखाउनु भयो । मैले यही रोष्टमबाट तपाईंलाई बधाइ दिएँ । आज पनि मैले बधाइ दिन्छु तर, त्यतिबेलाको जस्तो अहिले होइन है ।’
उनले आलोचना गर्नेहरुबाट भन्दा जयजयकार गर्नेहरुबाट सतर्क रहन आग्रह गरे । उनलेे अघि भने, ‘अहिले पनि भन्छु, सिंहासनमा राख्नेहरुले फेरि भुईँमा खसाल्छन् ।’
अहिले देशको अवस्था राम्रो नभएको भन्दै उनले जो-जो प्रधानमन्त्री मन्त्री भए पनि जनताको पीडा उस्तै रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4