२८ साउन, बुटवल । बुटवलमा व्यवसाय गर्दै आएकी महिला मृत फेला परेकी छिन् ।
बुटवल १३ कालिकानगरमा कोठमा भाडामा बस्दै आएकी ४० वर्षीय कमला न्यौपाने मृत भेटिएकी प्रहरीले जनाएको छ ।
गएराति करिब ९ बजेतिर हत्या भएको प्रहरीले अनुसन्धाले देखाएको छ ।
घाटीमा मल्टिपल्कको तारले बेरिएको अबस्थामा बेडसँगै कमलाको शब आज बिहान ८ बजे फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक राजु कार्कीले अनलाइनखबरलाइ जानकारी दिए ।
कमलाका पति जुत्ता खरिदकालागि हिजो बिहान काठमाडौं गएका थिए । उनी जुत्ताका होलसेल व्यपारी हुन् ।
तिलोत्तमा नगरपालिका ८ स्थायी घर भएका उनीहरु बुटवलकै जेसिजचोकमा पसल सञ्चालन गर्दै आएका छन् । कमलाका ८-१० बर्षका १ छोरा र १ छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4