+

उसेन बोल्ट भन्दा छिटो दौडिने जनावर कुन ?

२०७३ साउन  ३० गते १३:१४ २०७३ साउन ३० गते १३:१४
उसेन बोल्ट भन्दा छिटो दौडिने जनावर कुन ?

Athlete-vs-animal

रियो ओलम्पिकमा सबैभन्दा छिटो पौडिनेपछि अब दौडिने खेलाडीहरु देखिँदैछन् । उनीहरु विश्वका सबैभन्दा तीव्र गतिमा दौडने जनावरहरुभन्दा केहि मात्र पछि देखिन्छन् ।

जमैकाका उसेन बोल्ट सायद यो धर्तीका सबैभन्दा तीव्र गतिका धावक हुन् । १०० मिटरमा उनले ९.५८ सेकेण्डको कीर्तिमान छ ।

यद्यपि उनी चितुवाको कीर्तिमानी गति ११० देखि १२० किलोमिटर प्रतिघण्टाभन्दा पछाडि छन् ।

चितुवालाई बिर्सनुहोस्, विश्वका सबैभन्दा तीव्र मानिस बोल्टले अफि्रकी सुंगुर (वारथोग)लाई पनि हराउन सक्दैनन् । उनको गति ४४.७ किलोमिटर प्रतिघण्टा छ जवकि वारथोग ४८ किलोमिटर प्रतिघण्टाभन्दा बढि दौडन सक्छ ।

घरपालुवा बिरालो पनि यति नै गतिमा दौडन सक्छ । भालु र खरायोले पनि करीव ५० किलोमिटर प्रतिघण्टाको दूरी तय गर्न सक्छन् ।

तर, जनावर र मानिसको गति तुलना गर्न भने मिल्दैन । जनावरको साम्राज्यमा उनीहरु मानिसभन्दा यस मामलामा थुप्रै गुणा उत्कृष्ट हुन्छन् ।

केल च्याम्बर्स रियो ओलम्पिकका १० मिटर फि्रस्टाइलका स्वर्ण पदक हुन् । तर उनलाई पेन्गुइनको सम्राटले साधै पछ्याइरहेको हुन्छ ।

पेन्गुइन जमिन र पानी दुवैमा बस्न सक्छ । उसको पानीको रफ्तार ६ मिलोमिटर प्रतिघण्टा हो । जवकी केल ७ किलोमिटर प्रतिघण्टामा पौडिन सक्छन् ।

ग्रे हृवेल पानीमा ८ मिलोमिटर प्रतिघण्टामा पौडिन्छ । यस मानेमा केल हृवेलभन्दा केहि पछि छन् । पानीमा सबैभन्दा तीव्र गतिमा पौडने प्राणी सेलफिस हो । उ १०९ किलोमिटर प्रतिघण्टामा पौडन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय