+
+

सम्झौता कार्यान्वयन गर्न डा. केसीको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १ गते २०:०२

govinda kc (1)

१ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले सम्झौता कार्यान्वयनको बचन दिएको तर, केही नभएको बताए । यसले कतै विगतथमा झै छलछान गरेर राज्यले ढाँट्ने हो कि भन्ने गम्भीर आशंका उत्पन्न भएको छ, उनले भने ।

अख्तियार प्रमुख लोकमान सिंह कार्की भ्रष्ट भएको भन्दै उनले कारबाहीको माग गरेका छन् । उनले भने, ‘ठूलो उथलपुथल र हिंसापछि देशको सर्वोच्च स्थानमा पुग्नु भएका प्रचण्डज्यूले लोकमान जस्तो खराव चरित्रको अगाडि खुट्टा कमाएर लोकतन्त्रको बली चढाउनु हुने छैन भन्ने हामीलाई विश्वास छ ।’

डा. केसीले आफ्नो समर्थकको साथमा आगामी शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन पनि गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?