+
+

बाजेको सेकुवा अब गोङ्गबुमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २२ गते १८:१४

Bajeko_Sekuwa_at_Gongabu२२ भदौ, काठमाडौं । सेकुवाका पारखीहरुले बाजेको सेकुवाको स्वाद अब काठमाडौंको गोङ्गबु शाखाबाट पनि लिन पाउने भएका छन् । बाजेको सेकुवाको आउलेट शाखा गोङ्गबुमा बुधबारबाट सुरु भएको छ ।

बाजेको सेकुवाको यो नयाँ शाखा काठमाडौं उपत्यकामा चौथो र समग्रमा छैठौं हो ।

बाजेको सेकुवाका फ्रान्चाइजहरु बाजेको भेन्चर नामक कम्पनी अन्तर्गत छ । बाजेको सेकुवाले पहिलो फ्रन्चाइज २०७१ जेठमा पोखराको नागढुंगामा खोलेको थियो ।

२०६० सालमा बाजेको सेकुवाले संस्थागत रूप लिएको थियो । अहिले बाजेको सेकुवाका एउटा फुडकोर्ट, ५ मदर कम्पनी र ४ फ्रेन्चाइज गरी १० वटा शाखा छन् ।

बाजेको सेकुवाले हालैमात्र कीयोस्क मोडेलको आउटलेट ललितपुरको लाबिम मलमा गत वैशाखदेखि सञ्चालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?