+
+

नयाँ बसपार्क-सिनामंगल रुटमा १७ वटा ठूला बस चल्ने

 रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७३ भदौ २६ गते १८:०२

New-Bus

२६ भदौ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ‘मास ट्रान्जिट’ यातायात व्यवस्था लागू गर्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले पहिलो चरणमा सामखुसी यातायात र सफा ट्याम्पो परिवहन संघसँग सम्झौता गरेको छ ।

पहिलो चरणमा नयाँ बसपार्कदेखि गोगंबु, लैनचौर, मैतिदेवी हुँदै सिनामंगल रुटमा १७ वटा ठूला बस सञ्चालन हुनेछ । नयाँबसपार्क, गोंगबु, ठमेल, लैनचौर, केशरमहल, रत्नपार्क, प्रदर्शनी मार्ग, कालिकास्थान, मैतीदेवी, पुरानोबानेश्वर, केएमसी सिनामंगल, एयरपोर्टसम्म बस सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

यी रुटहरुमा चल्ने ३५ वटा टेम्पो र २६ वटा माइक्रो हट्नेछन् । यो रुटमा चल्ने बसका लागि एसियाली विकास बैंकले ऋण दिनेछ र यही ऋण सरकारको जमानीमा टेम्पो तथा माइक्रो व्यवसायी संघले लिनेछन् ।

विभागका अनुसार नयाँ सवारी किन्न लाग्ने रकमको आधा एडीबीले ऋणका रुपमा उपलब्ध गराउनेछ ।

यो परियोजनाका लागि एडीबीले २० लाख डलर छुट्याएको छ । अब यो रुटमा अपांगमैत्री बस सञ्चालन हुनेछ । नयाँ बसहरु ठूलो क्षमताका हुनेछन् भने उभिएर यात्रा गर्न ह्यांगर पनि जोडिएका हुनेछन् । दुईवटा ढोका हुने बसले एकैपटक ठूलो संख्यामा यात्रु बोक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?