एसियाली जुडोमा फुपुलाई कांस्य
२०७३ भदौ २६ गते २१:०४
२६ भदौ, काठमाडौं । दशौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले कांस्य पदक जितेकी छन् ।
भारतको केरलास्थित कोचीमा भएको प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुसंगै उज्वेकिस्तानकी खेलाडी संयुक्त रुपमा तेश्रो भए । कोरिया र काजाकिस्तानका खेलाडी क्रमशः पहिलो र दोश्रो स्थानमा रहे ।
प्रतियोगितामा नेपालको यो दोश्रो पदक हो । यसअघि क्याडेटतर्फ नेपालकी मनीता श्रेष्ठले महिला ५२ केजीमुनि नेपाललाई कांस्य दिलाएकी थिइन् । प्रतियोगिता आइतबारै सम्पन्न भएको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4