+
+

बेइजिङमा मनाइयो नेपालको राष्ट्रिय दिवस

रासस रासस
२०७३ असोज ५ गते ८:१९

५ असोज, बेइजिङ। बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा मङ्गलबार नेपालको राष्ट्रिय दिवस मनाइयो ।

 nepal chinaचिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री कोङ सुआनयुनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, चीनका लागि नेपालका पूर्व राजदूत, सार्क राष्ट्रका प्रतिनिधि, आसियान तथा राष्ट्र सङ्घका प्रतिनिधि, चीनमा अध्ययनरत विद्यार्थी तथा चीनमा रहेका नेपालीहरुको उपस्थिति थियो ।

कार्यक्रममा कार्यवाहक राजदुत घिमिरेले सन् १९६३ मा दुई मुलुकबीच दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको वाणिज्य, शिक्षा, मानव संसाधन विकासका साथै विभिन्न परियोजना निर्माणमा पूर्णरुपले सहयोग गर्दै आएको स्मरण गर्दै त्यसको उच्च मूल्याङ्कन गरे ।

नेपाल–चीनको मैत्री सम्बन्ध बुद्घ, अरनिको जस्ता ऐतिहासिक पुरुषको योगदानमा आधारित रहेको बताउँदै उनले भने , “चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक हो ।”

गत वर्ष असोज ३ गते संविधान घोषणा भएको दिनलाई संविधान दिवसका रुपमा मनाउने नेपाल सरकारको निर्णयअनुसार असोज ३ लाई संविधान दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने असोज ३ लाई संविधान दिवसका रुपमा मनाइए पनि देशबाहिर भने सेप्टेम्बर २० लाई राष्ट्रिय दिवसका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरेको कार्यवाहक राजदूत घिमिरेले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?