+
+

यति च्याम्बर अफ कमर्स र अमेरिकी व्यवसायी संघबीच साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ५ गते ११:३४

yeti chember of commerceअमेरिका । अमेरिकी सरकार अन्तर्गत रहेको ‘स्मल विनेश एडमिनिष्ट्रेसन’ र  अमेरिकामा रहेका नेपाली उद्धमीहरुको संगठन यति च्याम्बर अफ कमर्सबीच रणनैतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

अमेरिका भरि रहेका साना तथा मझौला ब्यबसायहरुलाई सहयोग गर्न स्थापना भएको स्मल वजिनेश एडमिनिष्ट्रेसन सँगको यो साझेदारीमा यति च्याम्बरले एसवीएका सम्पूर्ण श्रोत तथा साधनको पूर्ण उपयोग गर्नपाउनुका साथै यति च्याम्बरलाई आवश्यक अन्य सहयोगहरू उपलब्ध गराईने उल्लेख छ।

गत १७ तारिखमा यति च्याम्बरले आयोजना गरेको ुदोस्रो वार्षिक डीनर समारोहु मा एसवीए का जिल्ला डाइरेक्टर हर्बर्ट ऑस्टिन र यति च्याम्बर अफ कमर्सका सभापति बासु भण्डारीद्वारा सयुक्त रूपमा ह्स्ताक्षरित  सो साझेदारी पत्र दुई वर्षका लागि लागू हुने जनाइएको छ ।

रणनैतिक साझेदारी पत्रमा हस्ताक्षर गर्दै  एसवीए का डिष्ट्रिक डाइरेक्टर हर्बर्ट ऑस्टिनले यो साझेदारीले एसवीए  र आफूलाई निकै नै उत्साही बनाएको बताए ।

ऑस्टिनले अमेरिकन -नेपाली समुदायसँगको यो सहयात्रा मार्फत  थुप्रै उद्धमीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सोही समारोहमा सम्पूर्ण नेपाली व्यवसायीका  तर्फ बाट एसवीए लाई धन्यवाद ज्ञापन गर्दै यति च्याम्बरका सभापति बासु भण्डारीले यो साझेदारीले  नेपाली ब्यबसायीहरुको स्तरलाई  माथि उठाउन र क्षमता अभिबृधिमा एक थप नयाँ  उचाइ थपेको बताए ।

अमेरिकामा रहेका नेपाली ब्यबसायीहरुको सङ्गठन मार्फत अमेरिकी सरकारसँगको निकायसँग औपचारिक रूपमा साझेदारी भएको यो पहिलो पटक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?